काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ क्षेत्रमा निर्माण भएको धर्मशाला उद्घाटन गरेका छन् । पशुपति क्षेत्रमा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन गरेका हुन् ।
धर्मशाला उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पशुपतिनाथले नेपाल र भारतको सभ्यता र संस्कृतिलाई जोडेको बताए । उनले बागमतीलाई सफा गरेर यहाँ स्नान गरेर पशुपतिनाथको दर्शन गर्न सकिने व्यवस्था गर्ने बताए ।