Logo

किवानिज शैक्षिक सम्मेलन शुरु



पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन पोखरामा शुरु भएको छ । किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको एक समारोहबीच उद्घाटन गरेका छन ।

अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले वार्षिकरूपमा क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताए। हाल नेपालभित्र २५ किविनिज क्लबमा सात सयभन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गर्दै उनले संस्थाका तर्फबाट जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकूद सामग्रीलगायतका सामान प्रदान गर्दै आएको जानकारी दिएका छन।

किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले एक सय बढी सहभागीलाई क्लब निर्माण, अन्तर्राष्ट्रिय पोर्टल सञ्चालन, अनलाइन र इमेलबाट रिपोर्ट तथा जानकारी पठाउने र पाउने विधिका बारेमा प्रशिक्षण दिएका थिए ।

किवानिज इन्टरनेशनल सिन्धुपाल्चोक क्लबका अध्यक्ष सुजीत बस्नेतले शैक्षिक सम्मेलनले क्लबका पदाधिकारीको सीप र प्रविधि विकासमा सहयोग पुग्ने बताए । किवानिज चिल्ड्रेन फण्ड नेपाल चेयर दामोदर ढकालले सन् २०२० सम्ममा रु एक करोड राशिको किवानिज चिल्ड्रेन फण्ड नेपाल व्यवस्थापन गर्न लागिएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्