Logo

माधव नेपाल अमेरिकामा मस्त, ओली–प्रचण्ड पार्टी कब्जामा व्यस्त !



काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमा जुटेका छन् । दुवै अध्यक्ष यतिवेला एक्लाएक्लै भेटवार्तामा जुटेको नेकपा निकट उच्च स्रोतले जनाएको छ ।

पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल एक साताको लागि संयुक्तराज्य अमेरिकाको भ्रमणमा निस्किएको मौका छोपेर दुवै अध्यक्षले विभिन्न जिल्लाका नेतृत्व टुँगो लगाउनेगरि आजबाट छलफल प्रारम्भ गरेका छन् । नेता नेपाल अमेरिका गएको मौका छोपेर ओली र प्रचण्ड पार्टीको जिल्लाका नेतृत्वहरु टुँगो लगाउन जुटेको एक नेताले बताए ।

हुन त पछिल्लो समय नेता नेपालले आफ्नो पक्षलाई अध्यक्षद्धयले हेपाह प्रवृत्ति देखाएर पेल्ने रणनीति लिएको भन्दै गुनासो पोखेका छन् । अहिलेसम्म ६४ जिल्लाका अध्यक्षहरु टुँगो लगाएको स्रोतको दाबी छ । तर, नेपाल पक्षधरलाई लगभग सबै जिल्लामा ‘क्लिन–स्विप’ गरिएको पनि बुझिएको छ ।

विविध असन्तुष्टिका बावजुदपनि नेता नेपालले पार्टी अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री ओलीबारे सार्वजनिक रुपमा कुनै टिकाटिप्पणी र आलोचना गरेका छैनन् । उनी बरु प्रधानमन्त्री ओलीको प्रतिरक्षामै खरो उत्रिएका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिरक्षामा नेता नेपाल खरो उत्रिएका छन् भन्ने कुरा हालै पत्रकार ऋषि धमलालाई दिएको अन्र्तवार्तामा उनले ओलीको बचाउ गरेकोले पुष्टि हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot