Logo

इथियोपियाका प्रधानमन्त्री चीन आउँदै



काठमाडौँ । इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलि औपचारिक भ्रमणका लागि शनिबार चीन आउने भएका छन ।प्रधानमन्त्री अलिले शनिबारदेखि सेप्टेम्बर ४ सम्म चीनको भ्रमणमा आउन लागेको समाचारमा जनाइएको छ ।

सोही भ्रमणकै क्रममा चीनको राजधानी बेइजिङमा आयोजना हुने चीन—अफ्रिका सहयोग मञ्च, एफओसिएसीमा पनि प्रधानमन्त्री अलि सहभागी हुनुहुने पनि उक्त समाचारमा उल्लेख छ ।पूर्वी अफ्रिकी देश इथियोपियाबाट चीनको औपचारिक भ्रमण गर्ने उनीनैपहिलो प्रधानमन्त्री रहने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले गत अप्रिलमा प्रधानमन्त्रीका रुपमा सपथ लिएका थियो । उनी त्यसअघि इथियोपियाको वर्तमान सत्तारुढ दलको नेताका रुपमा निर्वाचित भएका थिए।उनको यस भ्रमणपछि चीन र इथियोपियाको सम्बन्ध सुधार र सुदृढिकरणमा सहयोग पुग्ने अधिकारीहरुले जनाएका छन् ।

साथै उक्त चीन अफ्रिका मञ्चको सम्मेनलमा चीन र अफ्रिकाबीचको आर्थिक तथा विविध विषयमा छलफल हुने र अफ्रिकामा चिनियाँ लगानीको अवसर जुट्ने धारणा पनि जानकारहरुले राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्