Logo

दक्षिण भारतीय एक सुपरस्टारले पिताको चितामा दागबत्ती दिन सकेनन्



हैदराबाद, १६ भाद्र । दक्षिण भारतीय दुई सुपरस्टार दाजुभाइ जुनियर एनटिआर र नन्दमुरी कल्याण रामका पिता नन्दमुरी हरिकृष्णको बुधबार सडक दुर्घटनामा मृत्यु भयो ।

हरिकृष्णको अन्तिम यात्रा बिहीबार साँझ ४ बजे हैदराबादको जुबली हिल्स्थित घरबाट निकालियो । पिताको अन्तिम संस्कारको क्रममा कान्छा छोरा जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन् ।

एनटिआरको आँसु रोकिँदै रोकिएनन् । त्यहाँ भएका आफन्तले उनलाई सम्हालिरहेका थिए । जुनियर एनटिआर यतिसम्म हतास थिए कि उनले पिताको चितामा अग्नी दिनसमेत सकेनन् ।

हरिकृष्णका ३ छोरामध्ये जेठा छोराको सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । माइला छोरा नन्दमुरी कल्याण राम र कान्छा जुनियर एनटिआर अन्तिम संस्कार गर्नुपर्ने थियो ।

तर, एनटिआर यतिसम्म हतास भएका थिए कि उनले पिताको चितामा अग्नी दिनै सकेनन् । दाजु कल्याण रामले पितालाई दागबत्ती दिए । अन्तिम यात्राको क्रममा हरिकृष्णलाई उनका भिनाजु तथा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले काँधमा बोकेका थिए ।

अन्तिम यात्राका क्रममा सडकमा यति ठूलो जनसागर उत्रिएको थियो कि सडक पूरै जाम भएका थिए । हरिकृष्णाको घरमा भएको श्रद्धाञ्जली सभामा साउथ सुपरस्टार चिरञ्जीवी, उनका छोरा राम चरण तेजा, वेंकटेश, राणा दग्गुबत्ती, मुकेश ऋषि लगायत पुगेका थिए ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्