Logo

न्त्रीलाई कालो झन्डा देखाउँदा राज्यविप्लवको मुद्दा



काठमाडौं १७ भदौ । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु-याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर, शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।

दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमतीसहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए । तर, उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो ।  ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।

अस्पताल पु-याउँदा प्यारालाइसिस भइसकेको थियो
राममनोहरलाई भेरी अञ्चल अस्पताल पु-याउँदा प्यारालाइसिस भइसकेको थियो । अस्पताल ल्याउँदा टाउकोमा रगत जमिसकेको देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘टाउकोमा रगत जमेर हो या नलीमा रगत जाम भएर हो, उनलाई प्यारालाइसिस भइसकेको थियो,’ डा. थापाले भने, ‘हातखुट्टा नचल्ने भइसकेको, केस जटिल थियो । २४ घन्टा आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले हामीले मेडिकल कलेज रेफर ग-यौँ ।’

प्रहरी भन्छ– स्वास्थ्य जाँच गरेरै हिरासतमा राखेको हो
गिरफ्तार गर्नासाथ चारैजनाको स्वास्थ्य जाँच गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचपछि म्याद थप गरेर हिरासतमा राखेको प्रवक्ता डिएसपी बोगटीले बताए । पहिलोपटक स्वास्थ्य जाँच गराउँदा राममनोहरको रक्तचाप उच्च देखिएको उनले जानकारी दिए ।

अन्य तीनजनालाई राज्यविप्लवकै मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बोगटी बताउँछन् ।

पटक–पटक पक्राउ पर्दै छुटेका थिए
–नेपालगन्जस्थित महेन्द्रपार्कबाट राममनोहरसहित ८ जनलाई ६ चैत ०७२ मा प्रहरीले गिरफ्तार गरी राज्यविप्लवको मुद्दा चलाएको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतले ३ फागुन ०७४ मा उनलाई सफाइ दिएको थियो ।

–स्वतन्त्र मधेस गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ नाम दिइएको कार्यक्रममा सहभागी उनी १० मंसिर ०७३ मा पनि पक्राउ परेका थिए । उनी १२ मंसिर ०७३ मा छुटेका थिए ।

–स्थानीय तहको निर्वाचनअघि ‘नो भोट’को प्रचार–प्रसार गरेको आरोपमा २ असार ०७४ मा पक्राउ परेका राममनोहर उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जको आदेशपछि १९ असार ०७५ मा हिरासतमुक्त भएका थिए ।

यसरी लाग्यो राज्यविप्लवको मुद्दा
भदौ ७ गते । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव बर्दिया सदरमुकाम गुलरिया आएका थिए । कार्यक्रम सरकारी होइन, पार्टीको थियो । यादव प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रमस्थल जिल्ला समन्वय समिति बर्दियाको सभाकक्ष फोरमका नेता–कार्यकर्ताले खचाखच भरिएको थियो ।

कार्यक्रम सुरु हुँदासम्म परिस्थिति शान्त थियो । तर, केहीबेरमै होहल्ला सुरु भयो । होहल्ला गर्नेमध्ये एक थिए– राममनोहर यादव । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध उनीसहित केही कार्यकता कार्यक्रम बिथोल्न उपस्थित रहेछन् । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot