सुर्खेत । कर्णाली प्रदेश सरकारले विकासका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्बै ठकले कर्णालीको एकीकृत विकासका लागि भन्दै सो निर्णय गरेको हो ।
बैठकले विज्ञ समूहका लागि १० जनाको नाम सिफारिश गरेको छ । जसमा नेकपाका नेता जनार्दन शर्मा, बालानन्द शर्मा, डा सुरेश तिवारी, डा पूण्य रेग्मी, डा कृष्णप्रसाद पौडेल, सुरेन्द्रविक्रम शाह, मुक्ति प्रधान, डा पदम शाही, डा कुशेन्द्र महत र गोविन्द बन्दी रहेका छन् ।
यस्तै, बैठकमा ‘कर्णाली प्रदेश मुद्रणसम्बन्धी विधेयक, २०७५’ तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ । बैठकले आन्तरिक मामिला मन्त्रालयले पेश गरेको ‘प्रदेश उद्धार तथा राहत कोष सञ्चालन निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।
बैठकले ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन, क्रसिङ, बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५, को स्वीकृति दिनुका साथै सार्वजनिक निर्माण र परामर्शसम्बन्धी काम संक्षिप्त कार्यविधिबाट गर्ने पनि निर्णय गरेको जनाइएको छ ।