Logo

अभिव्यक्ति स्वतन्त्रता सम्वन्धि छुट्टै कानुन ल्याउन माग



काठमाडौं, १७ भदौ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।

भदौ १ गतेबाट लागू गरिएको नयाँ मुलुकी ऐनका कतिपय प्रावधानमा असहमति जनाउँदै संशोधन गर्न नेपाल पत्रकार महासंघले सरकारलाई दवाव दिइरहेका बेला काँग्रेस नेता रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन छुट्टै कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताए ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्नेमा जाड दिए। संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot