Logo

गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएका छः प्रधानमन्त्री



काठमाडाँै, १८ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भन्नुभयो ।

नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

“नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।” (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot