काठमाडौं । पश्चिमेलीहरुले गौरा पर्वको सवसर पारेर विभिन्न कार्यक्रमहरु गरेका छन् । प्रदेश नम्बर ७ र कर्णाली प्रदेशका केही जिल्लाका मानिसहरुको संस्कृतिका रुपमा रहेको पर्व हो गौरा पर्व ।
राजधानीमा बसोबास गर्ने पश्चिमेलीहरुले राजधानीको टुढिखेलमा देउडा खेल खेलेर गौरा मनाएका छन् । देउडा साधारण तया बाउली जोडेर घुम्दै खेलिने नाच हो । तर आज टुढिखेलमा अलिक फरक दृश्य देख्न पाईयो ।
जुन दृश्यले देउडा खेलको मान्यतालाई तोड्दै डवल देउडा खेलेको देखियो । केही यूवाहरुले केही समयसम्म पैतली मिलाएर डबल देउडा खेलेका हुन ।
तस्बिर-धनराज वास्तविक