Logo

रकमसहित एक पक्राउ



बनियानी । मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन ।

श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्