Logo

सडक निर्माणमा मोटो रकम हिनामिना !



मोहन तामाङ : भोजपुर । दिंला–काभ्रे–खार्तम्छा कुदाकाउले सडक निर्माण योजनाको रकम समितिबाटै हिनामिना भएको छ । हिनामिना भएको बारेमा समितिले छिट्टै सार्वजानिक सुनुवाई गर्ने जनाएको छ ।

भोजपुर षडानन्द नगरपालिका वडा नं. २, ३ र ४ लाई जोड्ने सडक निर्माण तथा मर्मतमा समितिले रकम हिनामिना गरेको हो भन्ने आरोपमा समाचार सम्प्रेषण भएपछि समितिका सचिव भिम राईले आरोपका बारेमा स्पष्टिकरण दिने बताएका छन् ।

राईले फोन मार्फत आफ्नो चरित्रमाथि दाग लागेको र त्यो दाग छिट्टै मेटाउने प्रतिबद्धता जाहेर गरे । अध्यक्षले लगाएको आरोप गलत र अध्यक्षलाई भन्दा बढी हिसाब किताब आफुलाई जानकारी भएको बताएका छन् ।

गत आर्थिक वर्ष २०७४÷०७५ बाट उक्त सडक खण्डका लागि नगरपालिकाबाट ४० लाख रकम विनियोजन गरिएको थियो । तर योजनाकोे पहिलो किस्ता भुक्तानीमा नै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर घलेले हिनामिना गरेको स्थानीयले आरोप लगाएको छ । पहिलो किस्ता बापतको १८ लाख निकासा भएको थियो ।

योजनाको खातामा जम्मा भएको १८ लाख रकमा एकै दिन १० लाख भन्दा बढी रकम लिन नमिल्ने भएपछि अध्यक्ष घलेको नाममा रकम विभाजन गरिएको थियो । घलेले वाणिज्य बैंकबाट लिएको ऋिण नतिरेकाले उनलाई बैंक बाट पटक पटक पत्र काटे पनि लिएको ऋिणको सावाँ र ब्याज तिर नतिरेकाले योजनाको रकम घलेको खातामा जम्मा भएपछि बैंकले सुरुमा नै २ लाख ५० हजार रकम काटेर १५ लाख ५० हजार मात्रै दिएको बैंकका ।

घलेले उक्त रकम अझै समितिमा बुझाएका छैनन् । यो विषयमा कुरा गर्दा उनले सडक निर्माणका लागि मेसिन सम्झौता गर्दा सो रकम बराबरको व्यक्तिगत खर्च भएको बताए । अध्यक्षले त्यस पछि पनि २ लाखमा योजनाको रकमले नै बाईक किनेको स्थानीयहरुले आरोप लगाएका छन् । तर बाइक खरिदमा योजनाको रकम प्रयोग नभएको र उक्त बाइक पनि आफ्नो नभएको अध्यक्षले जनाए ।

यस्तै निर्माण योजनाका सचिव भिम राई व्यक्तिगत कामका लागि दिङ्लामा एक महिनासम्म होटलमा बस्दा भएको खर्च समेत समितिले नै तिरेका छन् । दुई होटलमा गरेर लगभग ६२ हजार बिल समितिले तिरेको अध्यक्ष घलेले बताए ।

उक्त आयोजनामा प्राविधिकले समेत १० प्रतिशत मागेका थिए । तर समितिले एक लाख ५० हजार दिएको हल्ला भएपछि प्राविधिकले उक्त रकम आयोजनाका सचिवलाई दिएको दिपक भुजेलले बताए । सचिव राईको नाममा तेस्रो किस्ता भुत्तानी गर्दासम्म करिब ५ लाख ६० हजार रकम अनियमितता भएको अध्यक्षले बताए ।

आयोजनाका सदस्य रुद्र तामाङले पनि छोरीलाई काठमान्डौ पठाउने खर्च भनेर ऋिण लगेको ५० हजार अहिलेसम्म नर्फकाएको अध्यक्षले बताए । तर तामाङ संग बुुज्दा आफुले लिएको रकम काम गर्ने कामदार लिएर काम लगाकोले कामदारको ज्यालाको लागि मात्रै रकम लगेको बताए ।

उक्त सडकको फरफाराक समेत भईसकेको छ तर सडकको फरफाराक समेत हचुवाको भरमा भएको स्थानीयले आरोप लगाएका छन् । प्राविधिकले योजनाको काम सम्पन्न भए पछि योजना फरफाराक भएको वताउछन् । षडानन्द नगरपालिकाका योजना शाखाका कर्मचारी राजेश भट्टले विधि सम्मत प्राविधिकवाट पास भएर आएपछि योजना फरफाराक गरिएको वताए ।



प्रतिक्रिया दिनुहोस्