Logo

उपप्रधानमन्त्री यादव डब्ल्यूएचओको कार्यक्रममा सहभागी



काठमाडौं, १९ भदौ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डब्ल्यूएचओको दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ बैठकमा सहभागिता जनाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा शुरु भएको बैठकमा उपप्रधानमन्त्री यादव नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको हो । मन्त्री यादव भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

डब्ल्यूएचओ ‘सेरो’को ७१औँ क्षेत्रीय कमिटीको उद्घाटन समारोहमा मन्त्री यादवले सहध्यक्षता गरेका थिए । डब्ल्यूएचओ दक्षिण पूर्वएशिया क्षेत्रको ७१औँ क्षेत्रीय समितिको बैठकमा नेपालसहित ११ देशहरू सदस्य छन् ।

सम्मेलनले क्षेत्रीय निर्देशक चयन गर्नेछ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले निर्देशक चयन गर्ने सत्रको अध्यक्षता गर्ने कार्यक्रम छ ।
बैठकमा औषधि, उपचारका विभिन्न उपकरण र निदानसहित आपातकालीन चिकित्सा उत्पादमा पहुँचका विषयमा छलफल र घोषणा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्