Logo

बाढीले विद्यालय बगाएपछि भुइँमै पठनपाठन



म्याग्दी । यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ ।अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले कताए ।

“अहिले स्थानीयवासीको घरमा पठनपाठन सञ्चालन गरेका छौँ, फर्निचर नहुँदा समस्या भएको छ,” उनले बताए । अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ । कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा रु २५ लाख बराबरको क्षति भएको प्रअ राम्जालीले बताएका छ। बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई रु ५० हजार सहयोग गरेका थिए। उनले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गरेको बताएका छन । अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको जानकारी गराए । उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आईरहेका छन ।

ज्यान गुमाएका परिवारलाई सहयोग

म्याग्दी प्रवासी नेपाली सङघ मोना दक्षिण कोरियाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगला गाउँपालिका–५ मुसरबारीका थमबहादुर थापाको परिवारलाई मङ्गलबार रु दुई लाख ६५ हजार सहयोग गरेको हो । थापाको दक्षिण कोरियाको अन्सान शहरमा दुई महिनाअघि दुर्घटनामा परी निधन भएको थियो ।

दक्षिण कोरियाबाट पठाइएको सो रकम मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र मालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले मृतक थापाका परिवारलाई हस्तान्तरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्