Logo

नेपाल-चीन पारबहन सम्बन्धि बैठक सुरु (फोटोफिचर)



काठमाडौं, २० भदौ । नेपाल–चीन पारबहन यातायात सम्झौंताको ‘प्रोटोकल’ लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबीचको व्यापार तथा पारबहन सम्झौंताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबीच तेस्रो पटक बैठक सुरु भएको हो।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौंताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याई सक्ने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्