Logo

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित



इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार रहेका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन ।

पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । हाल पाकिस्तानमा मामून हुस्सैन राष्ट्रपतिमा रहेका छन ।पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ ।

निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरेको जानकारी गराईएको थियो । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका थिए ।

अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाएका थिए ।विपक्षी दलहरुका तर्फबाट एकजना मात्र उम्मेदवार उठाउने प्रयत्न भएपनि सो सम्भव भएको थिएन ।वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिने प्राप्त जानकारीमा बताईएको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot