Logo

मन्त्री हेरफेरबारे ओली-प्रचण्डबीच छलफल, यी हुन ‘आउट’ हुने मन्त्रीहरु !



काठमाडौं । नेसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । अध्यक्षद्धयबीच मन्त्रिपरिषद हेरफेरसँगै पार्टीका विभिन्न संगठनहरुको स्थानीयदेखि केन्द्रसम्म एकिकरणका बारेमा छलफल भएको छ ।

सरकारको कामकारबाहीको विषयमा समेत जनस्तरबाट गुनासाहरु बढ्न थालेपछि दुई अध्यक्षबीच आज गम्भिर छलफल भएको नेकपा निकट उच्च स्रोतले जानकारी दियो । आलोचना बढेपछि मन्त्री हेरफेरबारे समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एक्लाएक्लै भेटवार्तामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पनि मन्त्रीहरुकै कारण सरकारको लगातार आलोचना भैरहेको कुरा अर्का अध्यक्ष प्रचण्डलाई सुनाएका थिए ।

सरकार गठन भएको ६ महिना बितिसक्दापनि मन्त्रीहरुले राम्रो ‘पफर्मेन्स’ देखाउन नसकेको गुनासो प्रधानमन्त्री ओलीले गरेका थिए । स्रोतका अनुसार दुवै अध्यक्ष अब मन्त्रीहरुसँग कठोर रुपमा प्रस्तुत हुनेबारे एकमत भएका छन् । दुई तिहाईको सरकार हुँदापनि जनतालाई प्रत्यक्ष राहत पुर्याउने र समृद्धि हाँसिल गर्नेगरि काम नभएको भन्दै अहिले व्यापक गुनासाहरु बढेका छन् ।

हिजो मंगलबार प्रचण्डले खुमलटारस्थित् आफ्नो निवासमा पत्रकारहरुसँगको कुराकानीमा समेत मन्त्रीहरु हेरफेर गर्न सकिने संकेत गरेका थिए । उनले आफ्नो-अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर गर्नुपर्ने बताएका थिए ।

गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत मन्त्रीहरुको कामकारबाहीलाई लिएर सामाजिक सञ्जालमा ठूलो विरोध सिर्जना भएको छ ।

अध्यक्ष ओली-प्रचण्डले पनि आफ्नो र अर्काको नभनि जनताको आक्रोशलाई साम्य पार्नेगरि मन्त्री हेरफेर गर्नुपर्ने भनेको कुरालाई आधार मान्ने हो भने उल्लेखित नामहरुमध्ये जोपनि आउट हुन सक्छन् !

 



प्रतिक्रिया दिनुहोस्

Screenshot