Logo

लोक तथा दोहोरी गीत प्रतिष्ठान बसपार्कको तेस्रो तीजगीत प्रतियोगीता सम्पन्न



काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बसपार्क समन्वय समितिको तेस्रो तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको जमल स्थित साँस्कृतीक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न मिडियाका पत्रकार, अग्रज श्रष्ठा र कलाकारहरुलाई सम्मान गरिएको थियो ।

नयाँ बसपार्क समन्वय समितिका अध्यक्ष रमेश बाबु थापाको अध्यक्षता एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त तीज गीत प्रतियोगितामा प्रतिष्ठानका नौ वटा समिति मध्य आठवटा समितिले भाग लिएका थिए । ललितपुर समन्वय समिति प्रथम, लाजिम्पाट समिति दोस्रो र कोटेश्वर–बानेश्वर तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा पहिलो हुनेलाई ३३ हजार ३ सय ३३ रुपैया दोस्रो हुनेलाई २२ हजार २ सय २२ र प्रमाणपत्र, तेस्रो हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्