Logo

कंगना रनावतका कारण निर्देशकको जागिर चट !



काठमाडौँ । बलिउड फिल्म ‘दी क्विन अफ झाँसी’का निर्देशकले नायिका कंगना रनावतका कारण फिल्म छाड्ने भएका छन् । भारतीय राष्ट्रिय फिल्म पुरस्कार विजेता कृषले कंगना रनावत अभिनीत महत्वाकांक्षी फिल्म ‘मणिकर्णिका– दी क्विन अफ झाँसीको बाँकी काम नगर्ने भएका छन् ।

हिरोइन कंगनाले आफूप्रति देखाएको दुर्भावका कारण निर्देशक कृषले फिल्म छाडेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मणिकर्णिकाको अधिकांश दृश्य सुटिङ भइसकेको, तर कंगनाले केही सिनको फेरि सुटिङ गर्न चाहेकाले निर्देशकसँग विवाद बढेको हो ।

निर्देशक कृष भने फिल्मको कुनै पनि सिन पुनः सुटिङ गर्ने या हटाउने पक्षमा नरहेकाले कुरा नमिलेको बताइन्छ । मणिकर्णिका झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधारित बायोग्राफिकल फिल्म हो ।एजेन्सी –



प्रतिक्रिया दिनुहोस्