Logo

प्रचण्डले भारतमा को–को सँग भेट्दैछन् ? मोदी र सुष्मासँगको भेट तय



काठमाडौं, २१ भदौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै छन् ।

ती दिने भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत द्धिपक्षीय सम्बन्धका विषयमा गम्भिर छलफल गर्ने बुझिएको छ । मोदीका अलावा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाहलगायतका अन्य प्रभावशाली नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।

भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी आज दिउसो ३ः३० बजे नयाँदिल्ली जान लागेका हुन् । प्रचण्डले भदौ २२ गते शुक्रबार विश्व सम्बन्ध परिषद्ले गर्न लागेको ‘नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्ष’ बारे प्रवचन दिने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot