Logo

वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी : मन्त्री बस्नेत



काठमाडौं, २१ भदौ । सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ।  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतीलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन्।

बिहीबार ललितपुरमा आयोजित खानेपानी सरसफाईसम्बन्धि कार्यक्रममा बोल्दै उनले खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत कानुन निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

मन्त्री बस्नेतले स्वच्छ वातावरण र शुद्ध खानेपानी उपयोग गर्ने नागरिकको संवैधानिक अधिकारलाई प्रत्याभूति दिलाउन सरकारले विद्यमान ऐन, कानुनमा संशोधन गर्दै लैजाने योजना पनि अघि सारे।  मन्त्री बस्नेतले खानेपानीको उचित व्यवस्था गर्न स्थानीय तहको पनि गम्भिर ध्यानाकर्षण गराए।



प्रतिक्रिया दिनुहोस्