काठमाडौं, २१ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीले पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई नै दिने निर्णय गरेको बताएका छन् ।
प्राधिकरण निर्देशक समितिको बिहीबार बसेको बैठकले स्थानीय तहबाटै नै पुनर्निर्माण अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको ज्ञवालीले जनाए ।
उनले भने,‘अब निजी आवास पुनर्निर्माणको प्रमाणिकरण, निरीक्षण स्थानीय तहले गर्नेछ भने जिल्ला तहबाट अनुगमन मात्र हुनेछ।’