काठमाडौँ । सरकारी खर्चमा जाबो हिलो समेत विदेशबाट किनीएपछि न्युजिल्यान्डमा यसको ठूलो बिरोध भएको छ।आयात्कर्ताको यस्तो निर्णय प्रति न्युजिल्याण्ड अहिले विवाद चलिरहेको छ ।न्युजिल्याण्डमा हालै ९० हजार अमेरिकी डलर खर्च गरेर दक्षिण कोरियाबाट हिलो आयात गरिएको छ ।
न्युजिल्याण्डको रोटोरुवामा हुने मड टोपिया संगीत महोत्सवका लागि कोरियाली हिलो खरीद गरिएको हो । न्युजिल्याण्डको उत्तरी टापु सहर रोटोरुवाका संगीत महोत्वस आयोजकहरुले दक्षिण कोरियाको बोर्योंगबाट हिलो खरीद गरेका हुन् ।संगीत महोत्वस आयोजकका अनुसार दक्षिण कोरियाबाट हिलो आयात गर्न केन्द्र सरकारले पैसा अनुदान दिएको छ । पाँच टन उक्त हिलोले आगामी पाँचवटा संगीत महोत्सवलाई पुग्ने बताइएको छ ।
आगामी डिसेम्बरमा संगीत र हिलोको संगमको रुपमा संगीत महोत्सव मनाइन्छ ।स्थानीय सहरमै पर्याप्त माटो भएपनि त्यहाँको माटो पूरानो र मल कुहेको भएको हुँदा त्यसले हिलो खेल्ने मानिसहरुलाई बिरामी पार्नसक्ने भन्दै आयोजकहरुले दक्षिण कोरियाबाट मगाइने माटो कारखानामा बनाइएको ताजा माटो भएको बताएका छन् ।सरकारी सहयोगमा हिलो आयात गर्ने योजना प्रति न्युजिल्याण्डका बासिन्दाहरुले तिव्र विरोध जनाएका छन् । कतिपयले पैसाको सत्यानास हुनेप्रति सचेत गराएका छन् भने कतिले क्वारेन्टाइनको विषयमा प्रश्न उठाएका छन् । जनताहरु जुत्तामा फोहोर हुँदा समेत भन्सारबाट भित्र छिर्न नपाउने तर सरकारले चाहीँ विदेशबाट हिलो खरीद गर्ने भनेर कतिपयले खिल्ली उडाएका छन् ।
हिलो खरीद गर्ने सरकारी योजनाको विरोध गर्दै न्युजिल्याण्डको करदाता युनियनका प्रवक्ताले संगीत महोत्सवका लागि विदेशबाट हिलो आयात गर्नु भनेको मरुभूमि महोत्सवका लागि दुबईले बालुवा आयात गरेजस्तो रहेको बताए । – बीबीसी