काठमाडौ । सहयात्रा नेपालको आयोजना भएको मौलिक तीजगीत प्रतियोगितामा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती लाजिमपाटले पहिलो स्थान हासिल गरेको छ ।
सास्कृतिक सस्थान रास्ट्रीय नाच सह-आयोजक रहेको उक्त मौलिक तीजगीत प्रतियोगितामा रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, ललितपुर समन्वय समिती दोस्रो र अनामनगर समिती तेस्रो भएको छ ।
सहयात्रा नेपाल, काठमाडौकी अध्यक्ष मिना बज्राचार्यको सभापतित्वमा एवम् भूमि व्यवस्थापन, गरिबी निवारण तथा सहकारी मन्त्री पद्ममा अर्यालको प्रमुख आतिथ्यमा सप्पन्न प्रतियोगितामा प्रथम हुनेले ३३ हजार तीन सय ३३ सय रुपैयाँ प्राप्त गरेका हुन ।
त्यस्तै फोस्रो हुनेले २२ हजार दुई सय २२ र तेस्रो हुनेले ११ हजार एकसय रुपैयाँ सहित मेड्ल प्राप्त गरेका छन । प्रस्तोता एवम् गायिका शितल शर्माले कार्यक्रम संचालन गरेकी थिईन ।