Logo

मुलुक भर झन्डै २ सय पुल जोखिममा !



काठमाडौं । नियमित मर्मतसम्भारको अभाव, बालुवा-गिटीको लागि नदिको तीव्र दोहन र पुराना भइसकेका कारण देशभरका झन्डै दुई सयवटा पुलहरू जोखिममा रहेको भन्दै तिनको तत्काल मर्मत गर्नुपर्ने सडक विभागका अधिकारीहरूले बताएका छन्।

कतिपय पुललाई ३ वर्षअघिको भूकम्पले समेत धक्का दिएको हुनसक्ने भन्दै त्यसको समेत अध्ययन हुनुपर्ने कतिपय जानकारहरू बताउँछन्।

विगतमा लामो समय त्यसमा वास्ता नगरिँदा अहिले विभागलाई एकैपटक जनशक्ति र स्रोतको अभाव भइरहेको जानकारहरूको मत पाइन्छ। अर्कोतर्फ अहिले नै देशमा निर्माणाधिन रहेका १५०० नयाँ पुलहरूको गुणस्तरको अनुगमन गने चुनौती टड्कारो छ।

मर्मत

पुलहरूको मुख्य मर्मतको काम वर्षा सकिएलगत्तै सुरु गर्नका लागि सरकारले यो वर्ष झण्डै ७० करोड रूपैयाँ विनियोजन समेत गरेको छ। पुलका जोर्नी, रेलिङसम्बन्धी कामहरू भने सु्रू गरिसकिएको बताइएको छ।

सबैभन्दा मुख्य काम भने जगहरूमा असर परेका पुलहरूमा मर्मत गर्नुपर्ने रहेको अधिकारीहरूले बताएका छन्। काठमाण्डू उपत्यकादेखि तराईका नदीहरू माथि रहेका पुलहरूको जगहरूलाई जोगाउन परिराखेको छ। जग नै कमजोर भएपछि पुल त जोखिममा पर्ने नै भयो

सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंग थापा भन्छन्, काठमाण्डू उपत्यकादेखि तराईका नदीहरू माथि रहेका पुलहरूको जगलाई जोगाउन परिराखेको छ। जग नै कमजोर भएपछि पुल त जोखिममा पर्ने नै भयो।

क्रसर उद्योगहरूकै कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको झरही र तुरीया, रूपन्देहीको तिनाउ, कपिलवस्तुको वाडगंगा, मोरङको गछिया, झापाको कन्काई, बाराको दुधौरा लगायतका नदीमा रहेका पुलले सबैभन्दा बढी जोखिम झेलिरहेको बताइएको छ।

व्यवस्थापन

मुख्य राजमार्गहरूमा रहेका पुलहरूको भारवहन क्षमतालाई समीक्षा गर्नुपर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन्। पुराना भइसकेका बेनी(जोमसोम सडक, मनाङ् सडक, पथलैया(ढल्केवर सडकका अधिकांश पुलहरू अब विस्थापित गरिने योजनामा रहेको सडक विभागका अधिकारीहरू बताउँछन्।

सडक विभागमा लामो समय काम गरेका अवकासप्राप्त सहसचिव उमेश झा भन्छन्, हरेक पुलहरू चार-पाँच वर्षमा मर्मत गर्नुका साथै वैज्ञानिक मुल्यांकन समेत गर्नुपर्छ। राजमार्गका थुप्रै पुलहरू ४०(४५ वर्ष पुराना भइसकेकाले र भारहरू समेत बढिरहेकोले अहिले त्यो झन् बढी महत्त्वपूर्ण भएको छ।

वर्षामा रसुवागढीको घट्टेखोला पुलमा जग नै देखिने गरी सतहमा समस्या आएपछि प्रबलीकरण गरिएको थियो। अर्कोतर्फ बाह्रबिसेको साँधी खोलाको पुल बगाएको थियो।

कतिपय ठाउँमा पुलहरू भासिएको समेत पाइएपछि सरकारी अधिकारीहरूको ध्यान त्यसमा बढि खिँचिएको बताइन्छ। नेपालमा अहिले झण्डै २२ सय पुलहरू छन्। नयाँ १५ सय थपिएपछि त्यसको व्यवस्थापनको चुनौती झन् बढि हुने जानकारहरू बताउँछन्।

निर्माण सम्पन्न गर्न नै थुप्रै वर्ष लाग्ने र भौगर्भिक अध्ययन समेत राम्ररी नगरिने हुनाले पुलहरू छिट्टै कमजोर हुनेगरेको समेत पाइएको विज्ञहरूको भनाइ छ। बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्

Screenshot