Logo

क्षमताभन्दा तेब्बर कैदीबन्दी



दमौली । जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ ।कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले जानकारी गराएका छन । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था रहेको उनले जनाएका छन । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति छ ।

कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दाका ३५ कैदी, लागूऔषधका १८ थुनुवा, कर्तव्य ज्यान मुद्दाका १४ कैदी, ज्यान मार्ने उद्योगका ११ थुनुवा तथा चोरीमा संलग्न तीन कैदी रहेको जिल्ला कारागारले जनाएको छ ।

यस्तै कारागारमा सवारी ज्यान मुद्दा, कुटपिट, अङ्गभङ्ग, काठ ओसारपसार, बहुविवाह, अपहरण, अखेटोपहार ओसारपसारलगायतका कैदी रहेका छन् । कारागारमा कर्मचारीसमेत अभाव छ । त्यहाँ जेठदेखि जेलर पद रिक्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस्