Logo

बाबुको मुख हेर्ने अवसरमा गोकर्णेश्वरमा सफाइ



काठमाडौँ । बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ ।

पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गर्छ । उक्त दिन गोकर्णेश्वरमा स्नान, तर्पणसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठको सक्रियतामा यहाँ सफाइ अभियान गर्न लागिएको हो । भदौ २३ देखि २५ गतेसम्म मन्दिर परिसरमा सफाइ गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताएका छन ।

भदौ २४ गते दिनभर माइकिङ गर्दै दर्शनार्थीलाई वाग्मतीमा फोहर नगर्न अनुरोध गरिने छ । औँसीका दिन छरपस्ट फोहर व्यवस्थापन गरिनेछ । औँसीको भोलिपल्ट २५ गते बिहान मन्दिर परिसरमा जम्मा हुने फोहर सफाइ गरी कुहिनेलाई नदी किनारमै खाडल खनेर पुरिदिने र नकुहिनेलाई व्यवस्थापन गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्