Logo

शिक्षा दिवस मनाइँदै



काठमाडौँ‘ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।

यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने र विभिन्न शङ्कायमा उत्कृष्ट भई उपाधिप्राप्त विद्यार्थीलाई विद्याभूषणबाट विभूषित गरिने कार्यक्रम छ ।समारोह समितिले प्रदेश र स्थानीय सरकारलाई पनि दिवस मनाउन, विद्यालयमा रुखका बिरुवा रोप्न र सरसफाइ कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।

उक्त दिवसको पूर्वसन्ध्यामा शिक्षा मन्त्रलायले शुक्रबार ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति र कार्यक्रम २०७५’ घोषणा गरेको थियो । हाल प्राथमिक तहमा पढ्ने उमेरका बालबालिकाको भर्ना दर ९७ दशमलव २ प्रतिशत पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्