Logo

क्यान्सर फ्री सोसाइटी दोस्रो कार्य समिति बैठक सम्पन्न



काठमाडौं, २३ भदौ । क्यान्सरमुक्त समाजको परिकल्पनाका साथ स्थापना भएको क्यान्सर फ्री सोसाइटी नामक संस्थाको दोस्रो कार्य समिति बैठक काठमाडौंमा आज सप्पन्न भएको छ ।

संस्थाको भाबी योजना तथा रणनीतिबारे बैठकमा छलफल भएको थियोे । संस्थाका अध्यक्ष गोपाल कटुवाल स्वमीको अध्यक्षतामा सम्पन्न केन्द्रिय कार्य समितिको बैठक ले तत्काल क्यान्सर रोगका बारेमा आम जनतालाइ सुसूचित तथा जागरण अभियान संचालन गर्ने निणय गरेको छ ।

साथै, संस्थाले निकट भबिस्यमा नै उपत्यकाब्यापी बृहत रक्तदान कार्यक्रम आयोजना गरिने जनाएको छ । उक्त केन्द्रिय कमिटीको बैठकका कार्यक्रम निणयबारे संस्थाका सहसचिब हरि ढकालले जान्कारी दिएका थिए ।

कार्यक्रमबारे सूचना तथा संचार बिभाग प्रमुख किशोर निरौलाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्