Logo

बेगनास तालमा डुंगा पल्टँदा ६ जना बेपत्ता



पोखरा, २३ भदौ । पोखराको बेगनासतालमा डुंगा पल्टदा ६ जना बेपत्ता भएका छन्। शनिबार दिउँसो दर खान हिडेका महिला सवार दुई डुंगा पल्टिएका हुन्। तालबाट तीन जनालाई जिवितै उद्दार गरिएको छ।

अरु हराईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्राप्त जानकारी अनुसार बेगनासको लिब्दी टुडाँबाट दुईवटा डुंगा लिएर १० जना महिलाहरु तालको सिरानतर्फ गएका थिए ।

एउटा बच्चा तालमा खसेपछि आमा आत्तिदैं उद्दार गर्न तालमा हामफाल्दा दुवै डुंगाको सन्तुलन गुमी पल्टिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्