Logo

मदर्सा भवन शिलान्यास



हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मस्लिम समुदायका लागि निर्माण हुन लागेको मदर्सा विद्यालय भवनको आज शिलान्यास गरेका छन ।

वडा नं १ र स्थानीय मुस्लिम समुदायको आर्थिक सहयोगमा करीब रु एक करोड ५० लाख लागतमा निर्माण गरिने भवनमा १५० मुस्लिम छात्र÷छात्राले अध्ययन गर्ने जनाइएको छ । हेटौडा उपमहानगरपालिका–१ स्थित लोकपथमा दश धुर जग्गामा तीन तले भवन बनाउने निर्माण समितिका कोषाध्यक्ष शेख जागीरले बताएका छन ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख महतले भवन बनाउन र बालवालिकाको पठनपाठनको लागि सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्