Logo

‘नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न आग्रह’



काठमाडौं, २४ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो।

त्रुटीपूर्ण रुपमा निशान छापमा समेत नेपालको नक्सा प्रयोगमा ल्याउने काम विभिन्न मन्त्रालयबाटै भएपछि त्यसलाई सच्याउन सम्बन्धित सबैलाई आग्रह गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

उनले अव पनि नेपालको नक्सा त्रुटीपूर्ण ढंगले प्रयोग गरेको पाइए कानुनी कार्वाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी पनि दिए।



प्रतिक्रिया दिनुहोस्