काठमाडौं । लोकप्रिय हास्यकलाकार मनोज गजुरेल अभिनित फिल्म ‘सयकडा दश’ को प्रदर्शन मिति तय गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म आगामी माघ १८ गते प्रदर्शनमा आउने छ ।
रामशरण पाठक निर्देशित फिल्ममा गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मको कथा पाठकलेनै लेखेका हुन् ।
अभिनेता राजाराम पौडेलले सयकडा दशलाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह-निर्माता हुन् ।