Logo

हाम्रो बिदेश नीति स्थिर र वैज्ञानिक हुनुपर्छः महासचिव बिसी



काठमाडौं । लोक जनशक्ति पार्टीका महासचिव कर्णसिंह बिसीले विदेश नीतिका बारेमा सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् । संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाले भाग लिन या नलिने भन्ने विषयले उठाएको बिवाद र बिदेश नीतिका बारेमा बहस भईरहेका बेला बिसीले यस्तो बताएका हुन ।

रिपोर्टर्सनेपालडटकमसँगको कुराकानिमा महासचिव बिसीले बिम्स्टेक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त संन्य अभ्यासको प्रस्ताव राखेको र त्यसको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले ईन्कार गरेको विषयलाई स्वागतयोग्य भएको बताए ।

उनले भने,‘म र मेरो पार्टीले बिम्स्टेक बैठक सकिए लगत्तै यसको बारेमा बृहत छलफल गर्नुपर्छ भनेका थियौं, राष्ट्रियताको बारेमा सबै एक ठाउँमा उभिन जरुरी हुन्छ, विदेश नीतिमा सबैको सहमति र एउटै बोली हुनुपर्छ, चौतर्फि बिरोध भएपछि प्रधानमन्त्री ओलीले उक्त संयुक्त सैन्य अभ्यासमा नजान नेपाली सेनालाई मौखिक निर्देश दिनुभएको सुनेको छु, म त भन्छु यस्तो विषयमा प्रधानमन्त्रीले लेखित रुपमा जनतालाई जानकारी दिनुपर्छ ।’

उनले अघि थपे,‘सरकार परिवर्तन हुँदा हाम्रो देशमा बिदेश नीति परिवर्तन हुन्छ, यो प्रथा हटाउनु पर्छ, कुनै पार्टीको सरकार र कुनै व्यक्तिको भलाई र सम्बन्धका आधारमा नेपालीको परराष्ट्रनीति बद्लीनु हुँदैन, सरकार र जुनसुकै व्यक्ति प्रधानमन्त्री बनेपनि परिवर्तन हुन नसक्ने र नेपालको हित र आवश्यता हेरि छलफल र सर्वसहमतका रुपमा बिदेश नीति बनाउनु पर्छ, चीन र भारत हाम्रा मित्र राष्ट्रहुन यी राष्ट्रसँगको सम्बन्ध पारस्परिक हुनुपर्छ, वैज्ञानिक हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्