काठमाडौं । सञ्चारकर्मीको परिचयबाट गायिकाको रुपमा स्थापित शितल शर्माको व्यस्तता बढेको छ । कानागावा नेपाली कम्युनिटिले जापानमा आयोजना गरेको तीज कार्यक्रमको लागि उनी जापान पुगिसकेकी छन् ।
केही समय अघि मात्रै संघीय राजधानीमा छिरेकी शितलले मोफेसल जत्तिकै स्थान बनाउन सफल भएकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा जापान पुगेकी गायिका शर्माले तीजकै दिन अथवा सेप्टेम्बर १२ तारेका दिन आफ्नो प्रस्तुति राख्ने आयोजकले जानकारि दिएको छ ।
गायिका शर्माले यस वर्षको तीजको अवसर पारेर सर्जक शिव हमाल, कला लम्सालको सहकार्यमा बजारमा ल्याएको महारानि बोलको गीतमा प्रवासी नेपाली दिदीबहिनीलाई नचाउने बताएकी छन् ।