Logo

राहत शिक्षक आन्दोलित, तीन दिनभित्र माग पूरा नभए काठमाडौं घेर्ने



काठमाडौं, २६ भदौ । राहत शिक्षक केन्द्रिय समितिले आजबाट भदौ २८ गतेसम्म सामूदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलन थालेको छ ।

समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारी अनुसार संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने मागसहित आफूहरु आजबाट आन्दोलनमा उत्रिएको जानकारी दिए ।

उनले भने,‘हामीले यसअघि भदौ ८ गते ने पत्रकार सम्मेलन गरेर सरकारलाई हाम्रो माग पूरा गराउनको लागि ध्यानाकार्षण गराएका थियौं । तर, सरकारले हाम्रा मागप्रति कुनै गम्भिरता नदेखाएकोले बाध्य भएर हामी आजबाट आन्दोलनमा उत्रिएका छौं ।’

अधिकारीले अबको तीन दिन लगातार आन्दोलन गर्ने जनाउँदै त्यसपछि पनि सुनुवाई नभए विद्यालयका सम्पूर्ण कार्यक्रमहरु नै बहिष्कार गर्ने चेतावनी दिए । उनले थपे,‘अबको तीन दिनभित्र पनि हाम्रा मागहरु पूरा भएनन् भने हामी बाध्य भएर ४० हजार राहत शिक्षकहरु विद्यालयका काम छोडेर काठमाडौंमा उत्रिन्छौं ।’



प्रतिक्रिया दिनुहोस्