Logo

‘अनुराग’को बारेमा धमलाको एलिजामाथि हमला- भिडियोसहित



काठमाडौँ । असोज १२ गतेबाट देशभरिका चलचित्र हलहरुमा एकसाथ प्रर्दशनमा आउन लागेको ‘अनुराग’ अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।एलिजा गौतमको अभिनय तथा निर्माण र ऋषि धमलाको प्रस्तुतिमा बनेको होम प्रडोक्सनको पहिलो फिल्मको भित्री रहस्यको बारेमा धमला दम्पतिले खुलासा गरेका छन ।

एरिका फिल्मस्को ब्यानरमा तयार पारिएको ‘अनुराग’ बारे उनले क्यानेडा नेपालसंगको विशेष अन्र्तवातामा फिल्मको तथा परिवारीक कथाका पर्दाहरुलाईपनि सबैसामु खुलासा गरेका छन । राजनीति,अर्थनीति जस्तै नेपाली समाजमा अहिले आएर चलचित्रनीति पनि एक अभिन्न भइसकेकाले यो फिल्मले बजारमा राम्रो छाप छोड्ने उनले अन्र्तवार्ताको क्रममा बताए ।

साङगितिक प्रेमकथामा आधारित रहेको यो फिल्मको चर्चा अहिले देश विदेशबाट भईरहेको छ । सार्वजनिक गरिएको ‘यस्तो गित म गाउन्छु’ ले पनि सबै संगितका पारखिहरुको मन जित्न सफल रहेका कारण दर्शकको बहुप्रतिक्षा अब चाडै पराहुन गैरहेको उनले जानकारी गराएका छन ।

https://www.youtube.com/watch?v=2gOT9yK47-A&t=567s

आफुले गरेको अभिनयको बारेमा राम्रै प्रत्रिकृया पाउने आशामा रहेकी नायिकाले फिल्ममा रमाउनको लागि उनले सिनेमा घरसम्मै जानहुन अनुरोध गरेकि छिन । अन्र्तवार्ताकै क्रममा आफ्नो पूर्व प्रेम जिवनको बारेमा भित्री रहस्य खोलेका उनले अहिले फिल्मी जगतमा मात्र नभएर राजनितिमापनि चर्चा पाईरहेको बताएका छन ।

अनुराग फिल्म अहिले किन चर्चामा रहेको छ भन्ने पश्नको जवाफमा उनले अहिलेको प्रस्ताहरुको मुटु बनेर फिल्मको निमार्ण गरिको जानकारी गराए । अनुरागमा रहेका गितहरुले राम्रो सफल्ता पाएका कारण पनि बजार राम्रै तताउनेमा सबै आशाबादी रहेको उनले जानकारी दिएका छन ।
नव–निर्देशक सत्यराज चौलागाँईले डेब्यु गरेको ‘अनुराग’ मा नायिका एलिजा गौतमका साथमा नवनायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य भुमिका रहेको छ । चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा र मोहन निरौला लगायत कलाकारहरुले अभिनयमा साथ दिएका छन ।

ताराप्रकाश लिम्बु र सरोज पोखरेलको समुधुर संगित रहेको ‘अनुराग’मा प्रताप दास, सुगम पोख्रेल, अञ्जु पन्त र ताराप्रकाश लिम्बुले स्वर भरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot