Logo

नारायणगढ-मुग्लिङ सडकखण्ड अझै अवरुद्ध, यात्रु अलपत्र !



चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड बिहानदेखि अवरुद्ध भएको सडक अझैपनि खुल्न सकेको छैन् । सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानि परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।

तस्बिर-बाबुराम सिग्देल



प्रतिक्रिया दिनुहोस्