Logo

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा बेरीको नाम अनुमोदन



काठमाडौं, २७ भदौ । रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् । गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो ।

गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका थिए । दक्षिण एसिया मामलाका जानकार बेरी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए ।

बेरीले अमेरिकी सरकारका विभिन्न निकायमा बसेर २५ वर्ष लामो सेवा गरिसकेको विदेश मन्त्रालयले जारी गरेको न्युज बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्