Logo

विप्लवले सरकारसँग वार्ता नगर्ने, कारण यस्तो छ



काठमाडौं, २७ भदौ । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसंग वार्ता गर्न न्युनतम वातावरण नबनेको भन्दै वार्ता प्रस्ताव अस्वीकार गरेको छ।

स्थायी कमिटिका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्ता टोलीसँग वार्तामा बस्न अस्वीकार गरेका हुन्।

ओलीले वार्ता गर्नका लागि पार्टीका तर्फबाट न्युनतम शर्तहरु अघि सारेका छन्। नेकपा नेता सुदर्शनले सरकारले साँच्चै वार्ता गर्ने भए पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएका झुट्ठा मुद्दा खारेज गरिनुपर्ने, बन्दी रहेका नेता तथा कार्यकर्ता रिहा हुनुपर्ने, धरपकड र गिरफ्तारीप्रति सार्वजनिक रूपमै माफी माग्नुपर्ने लगायत तीन पूर्व शर्त अघि सारेका छन्।



प्रतिक्रिया दिनुहोस्