Logo

कञ्चनपुरमा कालो सारी लगाएर मनाईयो तीज



महेन्द्रनगर । भाद्र शुक्ल तृतीयाका दिन अर्थात आजको दिनमा मनाइने हरितालिका तीज पर्व देशभर हर्सोउल्लासका साथ पूजाआराधना गरी मनाइँयो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । प्राय तीजको दिन रातो पहिरनमा सजिएर नाचगाउन गर्दै शक्तिपिठहरुमा पूजाअर्चना गरि मनाईने यो चाड प्रदेश नम्बर सातको महेन्द्रनगरका महिलाले भने न त महेश्वरको पूजाआराधना गरे न त सुख, शान्तिको कामना नै।

१३ वार्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग र बलात्कारीलाई फासीको व्यवस्था माग गर्दै कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर तीज मनाएका हुन ।

हेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारिलाई सार्वजनिक गर, बलात्कारिलाई फासीको सजायका लागि सविधान सशाधेन गर भन्ने व्यानर सहित महिलाहरु कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर तीज मनाउदै सरकारलाई खबरदारी गरिरहेका गरेका थिए।। यसअघि महेन्द्रनगरका महिलाहरुले पनि स्थानीय पर्व गौरालाई पनि यस्तै रुपमा मनाइएका थिए ।



प्रतिक्रिया दिनुहोस्