Logo

संस्कृतिको नाममा भड्किलो तीज



मोहन तामाङः संखुवासभा । संस्कृतिको नाममा मनाईने तीज भड्किलो तरिकाले मनाउन थालेका छन् । हिन्दु नारीहरुको चाँड भनेर संस्कृतिको लागि मनाईने चाँड दिनानु दिन विकृतितिर गहिरहेको छ ।

पश्चिमि मुलुकको सिको गरेर नेपाली हिन्दु नारीहरुको संस्कृति चाडँमाथि नकरात्मक छाप देख्न थालेको हो । बिगत वर्षहरुमा सांस्कृतिक तरिकाले तीजलाई मनाईए पनि केही वर्ष यता भड्किलो तरिकाले महिलाहरुले तीज मनाउन थालेका छन् ।

पश्चिमि मुलुकको सिकोले गर्दा नेपालको संस्कृृति माथि नै औंला उठ्न थालि सकेको छ । बिगतमा तिजमा नारीहरु आफ्नो श्रीमानको लागी निराहार, निरजल ब्रत बस्ने गर्दथियो तर अहिले यस्तो परम्परा हटेर विभिन्न भोज खाने अनि होहल्ला गर्ने नाच्ने र मादक पर्दाथ समेत सेवन गरेर तीज मनाउन थालेका छन् ।

सारि चोलो लगाउने परम्परा पनि निकै कम हुदैँ गएको छ । धेरै जसो महिलाहरुले बिदेशि फेसनको तथा पश्चिमि मुलुकको कपडामा सजिएर तिजमा देखावटी गर्न थालेका छन् ।

विभिन्न होटल, पार्टीप्यालेस र व्यङकेट जस्ता महंगा ठाँउमा तिज मनाउन थाले पछि खर्च पनि उत्तिकै धेर हुन थालेको र पहिले जस्तो चित्त बुज्ने तिज हराउन थालेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot