Logo

नाच्ने डाँडामा बृहत तीजगीत प्रतियोगिता सम्पन्न



कौरव खत्रीः गुल्मी । बाग्लुङ्गको गलकोट नगरपालिका ७ को  नाच्ने डाँडामा बृहत मेला एवं खुल्ला तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बुधवार भएको बृहत खुल्ला तिजगित प्रतियोगितालाई सम्वोधन गदै प्रमुख अतिथि महिला जागरण केन्द्र गलकोट नगरपालिका मल्म बाग्लुङ्गका अध्यक्ष ललिता थापाले तिजको मौलिकता हराउदै गएकोप्रति चासो दिदै तीज पर्वमा मौलिकता हराउदै गएकोले यसको संरर प्रवद्र्धनमा सबैले चासो दिनुपर्ने बेला आएको बताउनु भएको छ ।

साथै उहाँले विकृति, विसङ्गगति र तडक भडकलाई न्यूनिकरण गनुपर्ने कुरामा जोड दिदै सामाजिक क्षेत्रमा दिदीबहिनीहरुको पहिले भन्दा सहभागिता बढ्दै गएकोप्रति प्रशंसा गर्दै आगामी दिनमा अझ दरिलो रुपमा प्रस्तुत हुनुपर्ने थापाको भनाई थियो ।

मेलाको अवसरमा आयोजित खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा १२ समूहको सहभागिता रहेको प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय काँडेवास प्रथम, सिर्जनशिल महिला समूह आँगाखेत द्धितीय, ममता युवा कल्व बाँसखोला तृतीय भएका छन् भने शिव माध्यमिक विद्यालय राजबगर र जनजागरण महिला समूह बाँसखोला सान्त्वना भएको छ ।

मेलाको अवसरमा प्रत्येक वर्ष गरिने अभिनन्दन अन्र्तगत आगन्तुक चेली गलकोट नगरपालिका वडा नं ७ सिरबारेका ८२ वर्षिय हरिकला केसी, ज्येष्ठ महिला अन्र्तगत सिरबारेका ८५ वर्षिय श्यामकली दर्जी र सक्रिय महिला समाज सेवी पद्मा नेपालीलाई अभिनन्दन गरिएको थियो ।

साथै सोही अवसरमा गलकोट नगरपालिका वडा नं ७ का महिला सदस्य मिना दर्जी र शिद्देश्वर शिवालय सेवा समिति मल्मका सचिव चिरञ्जीवी मरासिनीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै कार्यक्रमलाई सहयोग गनुहुने प्रायोजक,सहयोगदाता एवं अक्षय कोषकर्तालाई सम्मान गरिएको थियो । गलकोट क्षेत्रको ऐतिहासिक नाँच्ने डाँडामा परापुर्वकाल देखि हरितालिका तीजमा मेला लाग्ने गर्दछ । पहिले पहिले दिदीबहिनीहरु यस डाँडामा तीजको दिन जम्मा भएर नाचगान गर्ने भएकोले यसको नाम नै नाच्ने डाँडा रहन गएको बुढापाको भनाइ छ ।

बृहत तीज मेला नाच्ने डाँडा संरक्षण गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष कोपिला खडकाको अध्यक्षता रहेको कार्यक्रम संस्थाका सदस्य सबिता मरासिनीको स्वागत र सचिव कोपिला थापा र हरिकला सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot