Logo

“सेभ द हार्ट”द्धारा पत्रकार कार्की सम्मानित



काठमाडौं, ३१ भदौ । मुटु जोगाऊँ ‘सेभ द हार्ट’ले पत्रकार रुद्र कार्कीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमले नेपाली जनमानसमा स्वास्थ्यसम्वन्धि जनचेतना अभिवृद्धि गरेको योगदानको कदर गर्दै सेभ द हार्टको पाँचौ वार्षिकोत्सवको अवसरमा आज रिपोर्टर्स नेपाल डटकमका सम्पादक कार्कीलाई सम्मान गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सेभ द हार्टका अध्यक्ष एवम् बरिष्ठ मुटुरोग विशेषज्ञ उप—प्राध्यापक डा. अनिल भट्टराईले उक्त अवसरमा पत्रकार कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

विगत एक दशकदेखि सक्रिय रही पत्रकार कार्कीले सिँगो नेपाली पत्रकारिताको क्षेत्रमा पु¥याएको अमूल्य योगदानको उच्च कदर गर्दै उनलाई सेभ द हार्ट–२०७५ बाट सम्मानित गरिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्