Logo

चिरन्जीवी वाग्लेको ‘उज्यालो तिरको यात्रा’ विमोचन



काठमाडौं । राजनीतिज्ञ एवम् साहित्यकार चिरन्जिवी वाग्ले द्वारा रचित “उज्यालो तिरको यात्रा” कविता संग्रह र “नेपाली साहित्य मेरो दृष्टि” समालोचना कृति गरी दुई वटा पुस्तकको हिजो एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादी स्थित सभा कक्षामा नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गर्नु भयो ।

समारोहमालाई प्रमुख अतिथिको आसननाट वोल्दै काँग्रेस सभापति देउवाले ‘नेपाली काँग्रेसका पुराना नेता चिरन्जीवी वाग्लेजी आफ्नो राजनीति सहकर्मी भएको, युवा अवस्था देखि संगसंगै देशको प्रजातान्त्रिक आन्दोलनमा काम गरेको साथीको साहित्यिक कृतिको आज विमोचन गर्न पाउँदा निकै खुशी लागेको छ’ भन्नु भन्नु भयो ।

श्री देउवाले अगाडी भन्नुभयो ९ ‘वाग्लेजीको अब नेपाली काँग्रेसको इतिहास लेख्ने कुराले आँफु अत्यन्त उत्साहित भएको र यसले काँग्रेसलाई मात्र नभएर देशकै प्रजातान्त्रिक आन्दोलनका लागि ठुलो योगदान पुग्नेछ भन्नुहुँदै सफलताको शुभ कामना व्यक्त गर्नुभयो ।

विमोचन समारोहमा नेपाली काँग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्रीहरू गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के सी, डा रामशरण महत, डा नारायण खड्का, नेका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले प्रजातान्त्रिक आन्दोलनमा श्री वाग्लेको योगदानको चर्चा गर्दै विमोचित साहित्यिक कृतिको सफलताको लागि शुभ कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विमोचित कृति माथि प्राडा नवराज कट्टेल र प्रा डा नेत्रप्रसाद न्योपानेले समीक्षात्मक विचार प्रस्तुति गर्नु भएको थियो । कृतिकार चिरन्जीवी वाग्लेले लेखकीय मन्तव्य राख्दै अब आँफु नेपाली काँग्रेलको इतिहास लेख्न अग्रसर भएको कुरा जानकारी गराएका थिए । त्यसै गरी काँग्रेस नेता लोकेश ढकालले कृतिकारको व्यक्तित्व माथि प्रकाश पारेका थिए भने कोसेली प्रकाशनका कुश ध्वजुले स्वागत मन्तव्य राख्दै आफ्नो प्रकासन गृहको विविध विषयमा जानकारी गराएका थिए ।

राजनीतिज्ञ श्री चिरन्जीवी वाग्लेका हिजो विमोचित कृति “उज्यालोतिरको यात्रा कविता संग्रह र “नेपाली साहित्यस् मेरो दृष्टि” समालोचना कृति कोसेली प्रकाशन द्वारा प्रकाशित भएको हो । साहित्यकार वाग्लेको दुई वटा उपन्यास कृति “बन्धनशालामा खीर” २०७० र “बलिदानले वनेको देश” २०७२ यस अघिनै प्रकाशित भैसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्