ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित फूलबारी मार्गमा बेसबल खेल मैदान निर्माण गरिएको छ । लालीगुराँस क्लबले उक्त खेल मैदान निर्माण गरेको हो ।
उक्त खेल मैदानको हालै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पम्फा भुसालले उद्घाटन गरेका छन। उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकास देश विकासको आधार भएकाले उक्त मैदानले मुलुकमा बेसबल खेलको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
लालीगुराँस बेसबल क्लब, जापानका अध्यक्ष योसेइ कोव यासी, नेपाल बेसबल एशोसिएसनका अध्यक्ष अजीत शम्शेर राणा र ललितपुर बेसबल सङ्घका अध्यक्ष केशव थापा र श्रीकुल विद्यालयका प्रधानाध्यापक शिवेन्द्र कार्कीले बेसबल खेलको विकासका लागि आफूहरु लागिपर्ने धारणा राखेका थिए ।
उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत साइगो मचाहिति र प्रदेश नं ३ का सभासद् राजकाजी महर्जन उपस्थित रहेका थिए । स्थानीयवासी मोहिनी मिश्र रिसालले श्रीकुल विद्यालय र सो खेल मैदानका लागि जग्गा उपलब्ध गराएका हुन।