Logo

अभिभावकद्धारा अक्षयकोष स्थापना निर्माणगरि विद्यालय सञ्चालन



रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका– १ घुसवाङस्थित सरस्वती आधारभूत विद्यालयका अभिभावकले रु ५१ लाख ७६ हजारको अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोष स्थापनाका लागि अभिभावकले सहयोग सङ्कलन गरेका हुन् । सो अक्षयकोष स्थापनाबाट विद्यालय सञ्चालन गरिने स्थानीयवासी पुस्तमन घर्तीमगरले बताए । विसं २०१७ मा स्थापना भएको सो विद्यालयले २०३२ सालमा प्राथमिक तह पठनपाठनको स्वीकृति पाएको हो । सो विद्यालयमा हाल कक्षा आठसम्म पढाइ हँुदै आएको छ ।

हाल सो विद्यालय खोला किनारामा छाप्रोमा सञ्चालन गरिँदै आएको घर्तीमगर बताउन्छन । विद्यालयको स्तरवृद्धि हुन नसकेपछि स्थानीयवासीले सहयोग रकम सङ्कलन गरी अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र स्थानीयवासी गरी ७१४ जनाले सहयोग उपलब्ध गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्