काठमाडौं । भुकम्प गएको ४ वर्ष बितिसक्दा पनि विद्यालय नबेको भन्दै गोरखा जिल्लाको पालुङटा नगरपालिकामा रहेको अमर ज्योति जनता माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने आमरण अनशन बस्ने भएका छन् ।
नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टाराई, पूर्व स्वास्थ्यमन्त्री एवम् वरिष्ठ न्यूरो सर्जन स्व.डा.उपेन्द्र देवकोटाले अध्ययन गरेको विद्यालय पूनः निमार्णको जिम्मा लिएको केन्द्रीय आयोजना कार्यान्वयन ईकाईले मुसो खेलाएको जसरी आफूहरुलाई खेलाएको समयमै विद्यालयको भवन नबनेको भन्दै अध्यक्षले आमरण अनशनमा बस्न थालेको बताएका छन् ।
जारि विज्ञप्तीमा भनिएको छ,‘विद्यालय पुनः निर्माणको जिम्मा लिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई देखाउने, प्राधिकरणले अर्थमन्त्रालाई देखाउने, मन्त्रालयले भारतीय दुतावासलाई देखाउने, दुतावासले नेपाल सरकारलाई देखाउने यसरी जिम्मा लिएको काममा बेखर तरिकाले झुक्याउन पाईदैन, दुई वर्षदेखि ४ पटकसम्म आमरण अनशन बस्दा तत्काल माग पूरा गछौं भन्छन् तर काम कसैले गर्दैनन् ।’
शिक्षा ताथा विज्ञान प्रविधि मन्त्रालय, सिंहदरबार, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ विपक्षि बनाएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश न्यौपाने असोज ४ गतेबाट आमरण अनशन बस्ने भएका छन् ।