काठमाडौं, २ असोज । सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला चीन भ्रमणमा छन् । प्रचण्डले मंगलबार चिनियाँ उपराष्ट्रपतिसँग भेटवार्ता गर्दैछन् ।
चिनियाँ उपराष्ट्रपति वाङ क्वीसान र प्रचण्डबीच मंगलबार दिउँसो भेट्ने तय भएको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति वाङ र प्रचण्डबीच दिउँसो चीनको सेन्जेनमा भेटघाट हुनेछ ।
उपराष्ट्रपति क्वीसान र अध्यक्ष प्रचण्ड विश्व शान्ति स्मृति दिवसको अवसरमा नान्जिङमा आयोजित कार्यक्रममा सहभागी हुँदैछन् । प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्ने वा नभेट्ने भन्नेबारे अहिलेसम्मपनि कुनै टुँगो लागेको छैन् ।