Logo

स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण



काठमाडौं  । कुलराज पौडेल (रुपक) द्धारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल र शताब्दि पुरुष सत्यमोहन जोशी ज्यूबाट संयुक्त रुपमा पुस्तक लोकापर्ण गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरु आजको विश्वमा खोजी भैरहको र नयाँ पुस्ता यिनै ज्ञान, सिद्धान्त र प्रयोगको लागि तिर्खाइरहेको बताउनभयो ।

उहाले यो अवस्थामा कुलराज पौडेलले यिनै ज्ञानको खोजिमा विश्वभरि छटपटाईरहेका आम मानवजातिलाई नेपालबाट ज्ञान, सिद्धान्त र प्रयोगको बाटो देखाउन अब्बल रहेकोमा लेखकलाई धन्यवाद व्यक्त गर्नु भयो । सार्वभौम ज्ञान हरेक राजनैतिक सिमा, जाति र र्धम भन्दा माथि रहेको बताउनुभयो ।

शताब्दि पुरुष सत्यमोहन जोशिले चिन र जापानको नोबल पुरस्कार विजेता लेखकहरु सँग तुलना गरि सार्वभौम ज्ञानका पाँचै खण्ड पुस्तक भोलिका दिनमा अंग्रेजीमा अनुवाद गरेमा नोबेल पुरस्कारको लागि मनोनित हुन लायक पुस्तक बनेको बताउनुुभयो ।

उक्त अवसरमा समिक्षक डा. राम प्रसाद दाहालले सार्वभौम दर्शनका पाँच खण्डहरु भविष्यमा नेपालको ईज्जत हुने साथै व्यास र बुद्धपछि धक्कादार रुपमा नयाँ उचाईको सार्वभौम दर्शन नेपालबाटै पार्दुभाव भएकोमा खुःशि व्यक्त गर्नुभयो ।

सार्भभौम दर्शनका पाँच खण्डहरु मध्य सार्वभौमयुगको विश्व विद्यानले एक विश्व सरकार बनाउनका लागि आवश्यक सम्पूर्ण शैदान्तिक ज्ञानहरुलाई प्रस्तुत गरेको छ ।

सार्वभौम अध्यात्मले प्रकृति र प्रकृतिको कारण कर्तारुपि ईश्वर लगाएत सुक्ष्म आध्यात्मिक चिन्तनहरुलाई पस्केको छ । जुन चिन्तन सबै धर्म र सम्र्पदायबाट र टाढा र नजिक पनि छैन्न । सार्वभौम विज्ञान नामक पुस्तकमा ब्रम्हाण्ड शक्ति लगाएत अत्यन्त जटिल भौतिक पक्षहरुको व्याख्या गरिएको छ । सार्वभौम नीति चाण्क्य विदुरकै पथमा लागि युग अनुकुल २०१० वटा नीति यस पुस्तकमा समेटिएका छन् ।

स्वर्गको कार्यशाला नामक पुस्तक उपन्यास अथवा नाटकको रुपमा प्रस्तुत गरिएको छ । जस भित्र अलौकिक स्वर्गको र वर्तमान पृथ्विको बारेमा बराबर चर्चा गरिएको छ ।

लेखनकुञ्जका अध्यक्ष कमल ढकालले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन कुलराज पौड्याल द्धारा लिखित सार्वभौम दर्शनका पुस्तकहरु महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रममा सार्वभौम दर्शनकै संयुक्त लोर्कापण गरियो । जसमा सार्वभौम युगको विश्व विधान, सार्वभौम विज्ञान, सार्वभौम अध्यात्म सहित पाँच खण्ड रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्